१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आयोजक सेमिफाइनलमा

काठमाडौं – आयोजक ग्रिनल्यान्ड सोमबार चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

ग्रिनल्यान्डले एन्जल्स हर्टलाई ५७–४७ ले पराजित ग¥यो। ग्रिनल्यान्डका सौगात कुँवर र दीपेश खड्काले समान १३–१३ अंक जोडे। सिनियर गल्र्समा स्किब्सले केभिकेएसएसलाई २३–१३ ले हराउँदै क्वार्टरफाइनलमा पुग्यो। स्किब्सकी अप्सरा पौडेलले ९ अंक जोडिन्।

जुनियर ब्वाइजमा एचएचसिएले हिमरश्मिलाई १८–१४, ओडिसीले ज्ञानकुञ्जलाई २३–१३, ग्रिनफिल्डले डिआर मेमोरियललाई १९–१३ र लालीगुराँसले दीपज्योतिलाई २४–१५ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगे। एचएचसिएका निशान राईले ६, ओडिसीका साजन तामाङले १० र लालीगुराँसका दीपेश कार्कीले ९ स्कोर गरे।
 

प्रकाशित: १० भाद्र २०७६ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App