१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

५८ करोड अनियमितताको पुष्टि गर्न गणेश थापाको चुनौती

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको आरोपको खण्डन गरेका छन्। 

संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको निर्णय भन्दै ५८ करोड भ्रष्टाचार गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रष्टाचारको आरोपको खण्डन गरेका हुन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आफूलाई सफाई दिइसकेको स्मरण गराउँदै उनले आफ्नो चरित्र हत्या नगर्न चेतावनी दिएका छन्। साथै थापाले आरोप प्रमाणित गर्न तथा नसके माफी माग्न पनि भनेका छन्। 

‘नेपाली राष्ट्रिय खेलाडी हुँदै नेपाली टिमको कप्तान गोल्ड मेडलिस्ट खेलाडी हुँदै करिब ३५ वर्ष आफूले सक्दो इमान्दारपूर्वक काम गरे। तर जुन तरिकाले मेरो चरित्र हत्या गर्न सफल हुनुभयो, तर उहाँहरु आफुले लगाएका कुनै पनि आरोपहरु प्रमाणित गर्न सक्नुभएको छैन भने अख्तियार दुरपयोग आयोगले सफाइ दिइसकेको छ’, थापाले भनेका छन्, ‘यसकारण उहाँहरुलाई म चुनौती दिन चाहन्छु चाहन्छु आफुले लगाएका आरोप प्रमाणित गर्नुहोस् वा माफी माग्नुस्। यो बाहेक कुनै विकल्प छैन।’

प्रकाशित: ३२ श्रावण २०७६ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App