१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय निर्णायकबिनाको नेपाली बक्सिङ

काठमाडौं  – नेपालको बक्सिङ टोली पछिल्ला समयमा आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि दुई टोलीमा रहेर नेपालमै र थाइल्यान्डमा प्रशिक्षण गरिरहेका छन्।

साग र एसियन गेम्समा पदक जित्ने नेपाली बक्सिङको पछिल्ला केही वर्षयता नतिजा सुखद छैन। पहिलो पटक एसियन गेम्समा चार वटा कांस्य पदक दिलाएको नेपाली बक्सिङले सन् २०१० सम्पन्न ग्वाङ्झाउ एसियाडमा सफलता प्राप्त गर्दा दीपक महर्जनले कांस्य जित्दै पदकको भोक मेटाएका थिए। सन् १९८६ को पहिलो एसियाडमा ८ पदक जित्नु नेपाली खेलकुदका लागि एसियाली प्रतिस्पर्धामा अभैm स्वर्णीम युग साबित भइरहेको छ।

उक्त सिओल एसियाडमा नेपाली बक्सिङले नै चार कांस्य दिलाएको थियो। त्यसपछि सन् १९९० को बेइजिङ एसियाडमा नेपालका बक्सर चित्रबहादुर गुरुङ कांस्य पदक दिलाएका थिए। दीपकले पनि चीनमै त्यो सफलता हात पार्दा एसियाडमा नेपाली बक्सिङको पदकको आशा २० वर्षमा पूरा भयो।

यता, सागमा पनि नेपाली बक्सिङले स्वर्ण नजितेको कयौं वर्ष गुज्रिसकेको छ। काठमाडौंमै सम्पन्न आठौं सागमा दुई स्वर्ण जितेपछि नेपाली बक्सिङको नतिजा खस्कदो स्थितिमा छ। त्यसया, सागमै बक्सिङले जित्ने सकेको छैन। वि.सं. ०३१ सालमा संगठित रूपमा स्थापित नेपाली बक्सिङको नतिजा र स्तर घट्नु संघको नेतृत्वकै कारणले भन्ने पनि आरोप लाग्दै आएको छ। नेपाली बक्सिङका पूर्व मुख्य प्रशिक्षक ओम मास्के पनि संघकै नेतृत्व कारण यस्तो अवस्था आएको विश्लेषण गर्ने गर्छन्। यसअघिको कार्यकालमा संघको नेतृत्व गर्ने झनै जिम्मेवार रहेको मास्केको भनाइ छ।

‘उनीहरूले नै खेलाडी र प्रशिक्षकविरुद्ध व्यक्तिगत समस्यालाई संस्थागत बनाउने प्रयास गरे। जसको कारण कयौं वर्ष देशका लागि पसिना बगाएका खेलाडी र प्रशिक्षकले सतप्रतिशत नतिजा दिन सकेनन्,’ पूर्व खेलाडीसमेत रहेका मास्केले भने,‘त्यसैको प्रभावले पनि नेपाली बक्सिङले एकजुट भएर अन्तर्राष्ट्रिय स्तरमा नतिजा दिन सकिरहेको छैन। जति मात्रमा विकास हुनुपर्ने हो, त्यो हुन सकेन।’

यद्यपि, ती सबै वाधा अवरोहबाट उठेर नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरे पनि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपाली निर्णायक नहुनुको पीडा भने नेपाली खेलाडीले बोक्नु परेको मास्केको बुझाई छ। ‘हामीले कयौं पटक जित्नुपर्ने नतिजा हाम्रो पक्षमा आएन। एन्चोन एसियाडमा सरस्वती रानाको प्रतिस्पर्धा होस् या गत महिना मात्र सुशील थापाले थाइल्यान्ड गरेको प्रतिस्पर्धा नै किन नहोस्,’पूर्वअन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका मास्केले भने,‘ ती सबै प्रतिस्पर्धाको नतिजा हाम्रो पक्षमा आउनुपर्ने थियो। तर आएन, जसको कारणले पनि हामी ठूला सफलताबाट बन्चित हुनुप¥यो।’

अन्तर्राष्ट्रिय पूर्वनिर्णायक मास्कले भने मार्सल आर्ट्सका हरेक खेलमा १९–२० को प्रतिस्पर्धा जुनसुकै पक्षमा पनि जान सक्छ। हामीले त्यसो नगरे पनि कयौं पटक अन्तर्राष्ट्रिय स्तरमै त्यो अवस्था सिर्जना भएका छन्। आफ्नो देशको अन्तर्राष्ट्रिय स्तरमा निर्णायक नहुँदा सम्बन्धित देशका खेलाडीलाई घाटा हुने गर्दछ। अन्तर्राष्ट्रिय निर्णायकहरूले पनि कडा प्रतिस्पर्धा हुँदा आफूसँग निकट निर्णायकको देशप्रति अलि झुकाव राखेको घटनाहरू पनि छन्।

‘हामीसँग पछिल्ला ७–८ वर्षदेखि अन्तर्राष्ट्रिय निर्णायक छैनन्। त्यसको प्रभाव पनि अन्तर्राष्ट्रियस्तरका खेलमा पनि देखिएका छन्,’ एसियाका पूर्व रेफ्री÷जजसमेत रहेका मास्केले थपे। एक समय नेपाली बक्सिङमा पाँच जना अन्तर्राष्ट्रिय निर्णायक थिए , हाल एउटै पनि छैनन्। बक्सिङको अन्तर्राष्ट्रिय निकाय आइबामा नयाँ नेतृत्वमा आएपछि त्यो नेतृत्वले निर्णायकको वर्गीकरण गर्ने निर्णय ग¥यो।

त्यसपछि आइबाले आफ्नै सबै सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय निर्णायक र प्रशिक्षकको बारेमा सूची पठाउन निर्देशन ग¥यो। तर, सो समयका नेपाली बक्सिङको नेतृत्वले चासो दिएन र अन्तर्राष्ट्रिय निर्णायकको सूची पठाएन। जसको कारणले नेपाली निर्णायक श्रेणीमा पर्ने त परै जाओस, एकजना पनि अन्तर्राष्ट्रिय निर्णायक भएनन्।

मास्के भन्छन्,‘त्यतिबेला राजीव श्रेष्ठले बक्सिङको नेतृत्व समालेका थिए। सोही बेला उहाँले निर्णायकको सूची नपठाउँदा हाल नेपाली बक्सिङले यो हबिगत भोग्नुपरेको छ।’ तत्कालीन समयमा ओम मास्के एसिया रेफ्री÷जज, मथुरादास नेवा एसिया जज, प्रचण्ड शर्मा रेफ्री थिए। उनीहरूले एसियन गेम्ससमेत खेलाउने पाउथे। ओलम्पिकसम्म खेलाउन पाउने मञ्जुजंग थापा र लक्ष्मण सम्सेर राणा दुवै आइबा जजथिए।

उनै थापा पहिलो पटक सन् १९९५ मै एसियन एमेच्योर बक्सिङ फेडेरेसनमार्पmत बक्सिङ रेफ्रीसमेत बनेका थिए। ओम मास्केले भने सन् २००६ को दोहा एसियन गेम्स र भारतको गुवहाटीमा सम्पन्न चौथो संस्करणको एसियन च्याम्पियनसिपका साथै सन् २०१० मा ढाकामा भएको ११औं दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

आफ्नो निर्णायकको लाइसेन्स खारेज नभएको भए थ्री स्टारको रेफ्री÷जज हुने मास्के बताउँछन्। ‘दोहा एसियाडमा सँगै खेलाएका सहकर्मीले लन्डन ओलम्पिकमा समेत निर्णायकको भूमिका निर्वाह गरे,’मास्केले भने,‘ तर व्यक्तिगत स्वार्थ र लापरबाहीका कारणले त्यो अवसरबाट बन्चित भएँ। जुन अहिले नेपाली बक्सिङलाई पनि घाटा भएको छ।’

यता मथुरादास नेवाले भने आइबामा नयाँ नेतृत्व आएपछि निर्णायक र प्रशिक्षकको श्रेणी बनाइयो। साथै प्रशिक्षकलाई निर्णायक बन्न नपाउने नियम पनि बन्यो। नेपालमै पनि सोही नियम अभैm लागू छ। ‘त्यतिबेला हामी निर्णायकको सूचि नपठाएपछि हामी श्रेणीमा परेनौं,’ सन् २००६ को कोलम्बो सागमा जजसमेत रहेका मथुरादासले भने,‘ तर हाम्रो लाइसेन्स खारेज नै भएको पत्र भने पाएका छैनौं।’

हाल नेतृत्वमा रहेकाले पनि पहल नगरिदिँदा नेपालमै बक्सिङको अन्तर्राष्ट्रिय प्रतियोगिता भयो भने सबै निर्णायक बाहिरकै हुनेछन्। आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपाल घरेलु मैदानमा १३औं सागको तयारीमा जुटिरहेको छ। जुन आयोजना हुँदा बक्सिङको प्रतियोगितामा भने नेपालका एउटा पनि निर्णायक हुनेछैनन्।

आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपाल घरेलु मैदानमा १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा जुटिरहेको छ। जुन आयोजना हुँदा बक्सिङको प्रतियोगितामा भने नेपालका एउटा पनि निर्णायक हुने छैनन्।

प्रकाशित: २५ श्रावण २०७६ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App