१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आर्चरलाई टोलीमा बोलाइयो

लन्डन– इङ्ल्यान्डले इड्गावास्टनमा हुने अस्ट्रेलियाविरुद्धको एसेस शृंखलाअन्तर्गतको पहिलो टेस्टका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई टोलीमा बोलाएको छ।

आर्चरले हालै घरेलु मैदानमा सम्पन्न विश्वकपमा इङ्ल्यान्डलाई ऐतिहासिक उपाधि जिताउँदा प्रतियोगिता अवधिमा २० विकेट लिएका थिए।

शुक्रबार आयरल्यान्डविरुद्ध १ सय ४३ रनको जित हात पारेको टेस्ट टोलीमा अनुपस्थित बेन स्टोक्स र जस बट्लरले पनि १४ सदस्यीय टोलीमा स्थान बनाउन सफल भएका छन्।

पाँच टेस्ट शृंखलाअन्तर्गत पहिलो टेस्ट बिहीबारबाट हँुदै छ। आर्चरले २८ पहिलो श्रेणीको क्रिकेटमा २३.४४ को औसतमा १ सय ३१ विकेट लिएका छन्।

यता आयरल्यान्डविरुद्ध दोस्रो इनिङमा ९२ रन जोडेका ज्याक लिचले भने टोलीमा स्थान बनाउन सकेनन्।

 

प्रकाशित: १२ श्रावण २०७६ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App