१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

शोकमा पनि धैर्य गुमाएनन् आर्चरले

लन्डन – एकदिवसीय विश्वकपको उपाधि जितेको इङ्ल्यान्ड टोली अहिले खुसीयाली मनाइरहेको छ। तर उक्त जितमा नायक बनेका जोफ्रा आर्चर भने भतिजको असामयिक निधनको शोकमा समेत विश्वकप अवधिभर इङ्ल्यान्ड टोलीमा उपलब्ध भएको खुलासा भएको छ।

२४ वर्षीय आशानितो ब्लाकम्यान घरभन्दा बाहिर मृत अवस्थामा भेटिएका थिए। इङ्ल्यान्ड  मे महिनामा विश्वकपको बन्द प्रशिक्षणको समयमा दक्षिण अफ्रिकामा रहँदा गत मे महिनामा आशानितो निवासअगाडि मृत भेटिएका थिए। यद्यपि भतिजको निधनको खबरले स्तब्ध बने पनि आर्चर इङ्ल्यान्डबाट हालै सम्पन्न विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। आर्चरले विश्वकपका ११ इनिङमा २० विकेट लिन सफल भएका थिए।

न्युजिल्यान्डसँगको विश्वकप फाइनल खेल बराबरी भएपछि आर्चर सुपर ओभरमा पनि बलिङ गर्दै उत्कृष्ट बलर रहेको प्रमाणित गरेका थिए। उनकै उत्कृष्ट बलिङको मद्दतमा इयोन मोर्गानको टोली इङ्ल्यान्डले पाहुना टोली न्युजिल्यान्डमाथि लडर््समा रोमाञ्चक जित निकाल्दै उपाधि उचाल्न सफल भएको थियो।
आर्चरका पिता फ्रान्कले उनका भतिजले संसार छाड्नु एक दिन पहिले पनि उनीहरूबीच सन्देश आनादप्रदान भएको जानकारी दिए।

‘एकै उमेरका भतिज आशानितो र आर्चर एकआपसमा निकै नजिक थिए। संसार छाड्नुभन्दा अघिल्लो दिन आशानितोले आर्चरलाई सन्देश पठाएका थिए,’ आर्चरका पिता फ्रान्कले भने, ‘भतिजको निधनले आर्चर निकै स्तब्ध र भावविह्वल बनेका थिए। यद्यपि उनका अघि इङ्ल्यान्ड टोलीको विश्वकप उपाधि लक्ष्यमा सहभागी हुनुको विकल्प थिएन।आर्चरले शोकलाई शक्तिमा बदल्दै आफ्नो धैर्यता प्रमाणित गरेका छन्।’

आर्चर गत मार्चमा मात्र ब्रिटिस पासपोर्ट लिन योग्य भएका थिए। उनकै पिताको संघर्षका कारण उनले पासपोर्ट लिन सफल भएका थिए। सोही कारण आर्चर इङ्ल्यान्डबाट खेल्न योग्य बनेका थिए। ‘सबै मानिसले उनको जन्मस्थलबारे प्रश्न गरिरहेका छन्। तर इङ्ल्यान्डका लागि उत्कृष्ट खेलेका आर्चर सबैका प्रेरणाका स्रोत बनेका छन्। किनकि उनी अधिकांश समय एलिटिस्ट स्पोटर््समा देखिँदै आएका छन्,’ आर्चरका पिताले भने।

यस्तै फाइनल खेलमा ८४  रनको योगदान गर्दै इङ्ल्यान्डको इनिङ सम्हालेपछि म्यान अफ दी म्याच बनेका अलराउन्डर बेन स्टोक्सले उपाधि जित्दाको रात कहिल्यै नभुल्ने बताए। साथै आत्मीय मित्र आर्चरलाई परेको दुखले आफूलाई पनि दुखी बनाएको उनको प्रतिक्रिया थियो।

प्रकाशित: २ श्रावण २०७६ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App