१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कसलाई कति पुरस्कार ?

लन्डन – इङ्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा आइतबार सम्पन्न १२औं संस्करणको विश्वकपमा घरेलु टोली इङ्ल्यान्ड नयाँ विश्वविजेता भयो। विश्वकप उचाल्नुजत्तिको गौरवको क्षण सायदै हुने गर्छ। विश्वकप जित्नु आपैंmमा विशेष महŒव राख्दछ, ती विशेष क्षणमा सहभागी सबै सदस्यलाई इतिहासले याद गर्ने गर्छ।

अर्कोतर्फ विश्वकप जित्दा टोलीले सुन्दर ट्रफी पाउनुका साथै ठूलो राशिको नगद पुरस्कार पनि। पहिलो पटक विश्वकपको उपाधि जितेको इङ्ल्यान्डले कति नगद पुरस्कार पायो त ? त्यो सबैको चासोको विषय हो। यस पटकको विश्वविजेता इङ्ल्यान्डले ४ मिलियन अमेरिकी डलर (४३ करोड ८१ लाख २० हजार रुपैयाँ) पुरस्कार प्राप्त ग¥यो। जुन हालसम्मकै क्रिकेट विश्वकपमा दिइएकोमध्ये सर्वाधिक रकम हो।

यसअघि सन् २०१५ को विश्वविजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो। सन् २०११ मा भने भारतले विश्वकपको ट्रफीसँगै ३.२५ मिलियन डलर पुरस्कार पाएको थियो। यो पटक उपविजेता न्युजिल्यान्डले २ मिलियन अमेरिकी डलर (२१ करोड ९० लाख ६० हजार रुपैयाँ) पुरस्कार प्राप्त ग¥यो। २०१५ मा १.७५ मिलियन डलर उपविजेता न्युजिल्यान्डले पाएको थियो।

यस पटक आइसिसीले पुरस्कार रकममा कुल १० मिलियन डलर (१ अर्ब ९ करोड ५३ लाख नेपाली रुपैयाँ) खर्च ग¥यो। सेमिफाइनल पुगेका भारत र अस्ट्रेलियाले ८ लाख डलर पाए। लिग चरणका खेल जितेबापत टोलीले प्रत्येक खेलमा ४० हजार डलर प्राप्त गर्दछन्। लिग चरणमा कुल ४५ खेल खेलिएको थिए।
लिग चरण पार गर्ने अस्ट्रेलिया, भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डले थप १ लाख डलर पाउनेछन्। फुटबल विश्वकपसँग तुलना गर्ने हो भने क्रिकेटको रकम थोरै देखिन आउँछ। फिफाले फुटबल विश्वकप २०१८ को विजेता फ्रान्सलाई ३८ मिलियन डलर पुरस्कार दिएको थियो भने कुल पुरस्कार रकम ४ सय मिलियन डलर रहेको थियो।

 

प्रकाशित: ३० असार २०७६ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App