१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

काठमाडौं– मलेसियासँगको २ टी २० सिरिज जितेसँगै नेपालले पहिलो पटक टी २० सिरिजमा 'क्लीन स्वीप' गरेको छ।

मलेसियासँग आज भएकाे दोश्रो खेलमा ६ रनको जित निकाल्दै सिरिज जितेको हो।  किनरारा ओभलमा भएको आजको खेलमा नेपालले दिएको १७४ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनायो। मलेसियाका लागि सायद अजिजले अर्धशतकीय पारी खेल्दै ३७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए। त्यस्तै  अमिनुदिन रामले २४ रन जोड्दा मोहम्मद शाहेदतले २१ भिरन्दीप सिंहले २३ र अहमेद फिजले १७ रनको योगदान गरे। बलिङ्मा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए। त्यस्तै करण केसी, अभिनास बोहोरा र पारस खड्काले १/१ विकेट लिए।

नेपालको ब्याटिङमा विनोद भण्डारीले आक्रामक ब्याटिङ् गर्दै २५ बलमा अभिजित ५१ रन बनाए। त्यस्तै शरद भेषावाकरले ४० रन, पारस खड्काले २३ रन,रोहित कुमार पौडेलले १९ रन, पवन सर्राफले १० रन, ज्ञानेन्द्र मल्लले ७ रन बनाउँदा सोमपाल कामी १ रनमा अभिजित रहे।

आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली मलेसियाबाट सिधै सिङ्गापुर प्रस्थान गर्नेछ। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका रूपमा रहेको एशिया कपको अन्तिम खेल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन्।

नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ। यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ। उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ। ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।

 

प्रकाशित: २९ असार २०७६ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App