१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रनिङ शिल्ड उपाधि सिरानचोकलाई

उपाधि उचाल्दै सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ। तस्बिरः नागरिक

गोरखा – गोरखामा भएको आठौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले उचालेको छ। सरदमुकामको सरस्वती मावि आहालेमा भएको प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ काँस्यसहित १८ पदकको साथमा सिरानचोकले उपाधि चुमेको हो।

उपाधि जितेपछि सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले गाउँपालिकाले शिक्षा र खेलकुदमा गरेको लगानीको प्रतिफल आएको बताए।

पाँच स्वर्ण, चार रजत र चार काँस्यसहित अजिरकोट गाउँपालिकाले १३ पदक जितेको छ। अजिरकोट आठौँ राष्ट्रपति रनिङ शिल्डको उपविजेता बन्यो। त्यस्तै पाँच स्वर्ण, चार रजत र दुई काँस्यसहित सहिद लखन गाउँपालिका तेस्रो भएको छ। सहिद लखनले ११ पदक हात पारेको छ।

प्रतियोगितामा विभिन्न ३० विधामा प्रतिस्पर्धा गराइएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष सान्तासिंह बस्नेतले बताए।

प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र पाँच काँस्यसहित आरुघाट गाउँपालिकाले १३ पदक जितेको छ। पाँच स्वर्ण, तीन रजत र चार काँस्य गरी गण्डकी गाउँपालिकाले १० पदक हात पारेको हो। वारपाक सुलिकोट गाउँपालिकाले दुई स्वर्ण, एक रजत दुई काँस्य सहित पाँच पदक हात पारेको छ।

सदरमुकामको गोरखा नगरपालिकाले भने चार रजत र तीन काँस्यसहित सात पदकमा चित्त बुझाएको छ। उत्तरी गोरखाका दुर्गम गाउँपालिका धार्चे गाउँपालिकाले दुई रजत र तिब्बतसँग सिमाना जोडिएको चुमनुब्रीले एक काँस्य पदकमा चित्त बुझाएको छ। 

प्रकाशित: २५ असार २०७६ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App