१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

गोल्डेनगेट र साइपाललाई उपाधि

काठमाडौं – गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा पहिलो भए ।

वसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा गोल्डेनगेटले सिसिआरसीलाई ५९–४० ले पराजित ग¥यो । गोल्डेनगेटका लागि अभिषेक सिंहले १७ अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा साइपालले काठमाडौं नर्थ पोल बास्केटबल क्लब (केएनपिबिसी) लाई ४६–२० ले हरायो । साइपालकी रोशनी श्रेष्ठले १३ अंक जोडिन् ।

ब्वाइजमा गोल्डेनगेटका आकृष्ट शाही ठकुरी तथा गल्र्समा साइपालकी प्रतीक्षा मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापालगायतले पुरस्कृत गरे । असार १३ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित: २३ असार २०७६ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App