१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

तेक्वान्दोमा नयाँ सबुज गण प्रथम

तेक्वान्दाे प्रतियाेगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः नागरिक

सुर्खेत – उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’अन्तर्गत तेक्वान्दोतर्फ नयाँ सबुज गण प्रथम भएको छ।

शनिबार भएको फाइनलमा जुम्लामा तैनाथ नन्दा बक्स गणलाई हराउँदै सुर्खेतको नयाँ सबुज गणले तेक्वान्दोतर्फको उपाधि चुमेको हो। तेक्वान्दोतर्फ जाजरकोटमा तैनाथ ज्वाला दल गण तृतीय र सल्यानमा तैनाथ सबुज गण चौथो भए।

यस्तै एथलेटिक्सतर्फ नयाँ सबुज गण र बक्सिङतर्फ नन्दा बक्स गण प्रथम भएका छन्। २१ किलोमिटर हाफ म्याराथुन दौडतर्फ नयाँ सबुज गणका सिपाही ठाकुरराज थापा प्रथम, सोही गणका मनोज नेपाली द्वितीय र रुकुमको नरसिंह दल गणका सिपाही मोहन गिरी तृतीय भए।

फुटबलतर्फ जुम्लाको नन्दा बक्स गणलाई हराउँदै रुकुमको नरसिंह दल गण फाइनल प्रवेश गरेको छ। यसअघिनै सल्यानको सबुज गणलाई पराजित गरेर सुर्खेतको नयाँ सबुज गण फाइनल प्रवेश गरिसकेको छ। फुटबल उपाधिका लागि नरसिंह दल गण र नयाँ सबुज गणबीच प्रतिस्पर्धा हुनेछ।

बास्केट बलतर्फ सल्यानको सबुज गण र जाजरकोटको ज्वाला दल गण फाइनलमा प्रवेश गरेका छन्। फाइनल खेल सोमबार हुनेछ। बास्केटबलतर्फ सुर्खेतको नयाँ सबुज गण तृतीय भएको छ।

२० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, कबड्डी, तेक्वान्दो, एथलेटिक्सलगायतका खेलहरू भइरहेका छन्। प्रतियोगितामा पृतनाअन्तर्गतका पाँचवटा गणका चार सय २३ जना खेलाडी सहभागी छन्।

 

प्रकाशित: १४ असार २०७६ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App