१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मी र दाउफिन्स उपाधिका लागि भिड्दै

प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका व्यवस्थापक ट्रफि उचाल्दै । तस्बिर : नागरिक

इटहरी– तेस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र क्यामरुनी दाउफिन्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल दुवही रंगशालामा दिउँसो २ बजेदेखि हुनेछ।

दुवै टोलीले गोल्डकपको उपाधि उचाल्ने दाबी गरेका छन्। शुक्रबार दुहवी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले फाइनलमा जित्नेमा ढुक्क रहेको दाबी गरे। यसअघि झापा र आहा रारा गोल्डकपमा दाउफिन्सलाई पराजित गरिसकेकाले मनोवैज्ञानिक प्रभाव पर्ने आर्मीका प्रशिक्षक न्यौपानेको दाबी छ।

यसै प्रतियोगिताको पहिलो संस्करणमा पनि आर्मीले उपाधि जितेको थियो। अघिल्लो दोस्रो संस्करणको फाइनलमा मनाङ् मस्र्याङ्दीसँग भने आर्मी स्तब्ध भएको थियो। आर्मीका खेलाडीले मनोबल उच्च बनाएर खेल प्रदर्शन गर्ने दाबी गरेका छन्  यसअघि आर्मी क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ५–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइलनमा रुस्लान थ्री स्टार क्लबलाई २–० ले स्तब्ध बनाउँदै फाइलनमा प्रवेश गरेको थियो।

यता, दाउफिन्स भने अन्तिम सेमिफाइनलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ् सेन्टरमाथि ३–० को सानदार जित निकाल्दै उपाधिनजिक पुगेको हो। दाउफिन्सका व्यवस्थापक आशिक थापामगरले शारिरीक रूपमा बलिया खेलाडी रहेकाले पनि आफूहरू फाइनल जित्नेमा ढुक्क रहेको बताए।

दाउफिन्सले पहिलो चरणको क्वार्टरफाइलनमा भने भारतको रोयल क्लब वेष्ट बंगाललाई हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालको मोफसलका खेलकुद प्रतियोगितामा भाग लिँदै आएको विदेशी टोलीमध्ये क्यामरुनले उत्कृष्ट खेल प्रदर्शन गर्ने गरेको छ। दाउफिन्सले चार महिनाको अवधिमा चार वटा उपाधि जितेको थियो।

आर्मीले भने जारी सिजनमा ८ वटा उपाधि जितेको छ। विजेता टोलीले नगद ६ लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउनेछ। म्यान अफ दी म्याचले १० हजार, सर्वाधिक गोलकर्ताले २० हजार, खेलको उत्कृष्ट खेलाडीले सामसुङको ४२ इन्च टिभी र ट्रफी पाउनेछ।

एलेभन एरोज क्लब दुहवी र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको हो। एलेभेन एरोज क्लबले वर्षेनी दुहवी गोल्डकप गर्दै आएकोमा तीन वर्षदेखि दिवंगत पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा फुटबल प्रतियोगिता गर्न थालेको हो।

प्रकाशित: २३ चैत्र २०७५ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App