१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

काठमाडौं –  भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रियल बेटिसलाई १–० ले पराजित गर्दै भ्यालेन्सिया उपाधि नजिक पुगेको हो।

पहिलो लेगमा २–२ को बराबरी खेलेको भ्यालेन्सिया समग्रमा ३–२ को जितसहित सेमिफाइनलमा पुगेको हो। दोस्रो लेगमा भ्यालेन्सियालाई जित दिलाउन ५६ औं मिनेटमा रोड्रीगोले निर्णायक गोल गरे।

अब भ्यालेन्सियाले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ। बार्सिलोना रियल मड्रिडलाई पराजित गर्दै फाइनल पुगिसकेको छ। फाइनल खेल मे २५ मा सेभियाको मैदानमा हुनेछ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App