१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चितवनलाई पराजित गर्दै भैरहवा इपीएलकाे दाेस्राे क्वालिफायरमा

काठमाडाैं - काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) को उपाधी यात्राबाट चितवन टाइगर्स वाहिरिएको छ। प्रतियोगिता अन्तर्गत  इलिमिनेटरको खेलमा भैरहवा ग्लाडियटर्ससँग ४ विकेटले पराजित हुँदै चितवन उपाधी दौडबाट वाहिरिएको हो।

जितसँगै भैरहवाले फाइनल प्रवेशका लागि काठमाडौं किंग्स ११ सँग विहिबार खेल्नेछ। काठमाडौं यसअघि भएको खेलमा ललितपुर प्याट्रियट्ससँग १ विकेटले पराजित हुँदै दोस्रो क्लालिफायरमा प्रवेश गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले उक्त लक्ष्य १८ दशमलव २ ओभरमा ६ विकेटको क्षतीमा भेट्टायो। भैरहवाका लागि प्रदिप ऐरीले सर्वाधिक ४२ तथा शरद भेष्वाकरले २९, कुशल भुर्तेल र रोहित पौडेलले अविजीत रहँदै क्रमशः २७ र २४ रन बनाए। १४ दशमलव २ ओभरमा ६ विकेट गइसकेको अवस्थाबाट कुशल र रोहितले राम्रो साझेदारीमा आफ्नो टोलीलाई दोस्रो क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गराए। चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ५६ रनको मद्दतमा १ सय ३९ रन जोडेको थियो। चितवनका पउल स्टर्लिङ र जोन सिम्पसनले समान १४ र कमल सिंह ऐरीले १३ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन्। भैरहवाका मोहम्मद नाविदले ३ तथा अविनाश बोहराले २ विकेट लिए। प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

प्रकाशित: ४ पुस २०७५ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App