१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिज विजयी

सिलेट – स्पिनर सेल्डन कोट्रेलको उत्कृष्ट बलिङप्रेरत वेस्ट इन्डिजले सोमबार पहिलो ट्वान्टी–२० खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।

बंगलादेशले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। वेस्ट इन्डिजका साइ होपले सर्वाधिक ५५ रनको योगदान गरे। २३ बल खेलेका होपले ३ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै किमो पाउलले अविजित २८ र निकोलाज पोरानले अविजित २३ रनको योगदान गरे। १४ बल खेलेका पाउलले १ चौका र ३ छक्का प्रहार गर्दा १७ बलको सामना गरेका पोरानले ३ चौका प्रहार गरे।

पहिलो विकेटका लागि होपले ओपनर इर्बिन लुइसले ५१ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई गतिलो सुरुआत दिलाएका थिए। लुइसले १८ रनको योगदान गरेका थिए। होप र पोरानले दोसो  विकेटका लागि ४७ रनको साझेदारी गरे।

यस जितसँगै वेस्ट इन्डिजले ३ खेलको शृंखलामा १–० को अग्रता लिएको छ। एकदिवसीय शृंखला भने वेस्ट इन्डिजले २–१ ले गुमाएको थियो।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेश १९ ओभर खेल्दै १ सय २९ रनमा अलआउट भएको  थियो । बंगलादेशका कप्तान शाकिब अल हसनले ६१ रन जोडेका थिए । ४३ बल खेलेका हसनले ८ चौका र २ छक्का प्रहार गरे । वेस्ट इन्डिजका कोट्रेलले ४ ओभरमा २८ रन खर्चंदै ४ विकेट लिएका थिए।

प्रकाशित: ३ पुस २०७५ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App