४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एनआरटीकाे लगातार साताैं हार, सरस्वतीलार्इ महत्वपूर्ण ३ अंक

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बिहीबारदेखि शुरु भएको आठौं चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल गर्यो।

खेलको ७३ औं मिनेटमा सरस्वतीका भिक्टोर एमओबीले पेनाल्टीमार्फत विजयी गोल गरे। ७२ औं मिनेटमा एनआरटीका खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो। खेलमा सरस्वतीका राज शाही ‘म्यान अफ दि म्याच’ घोषित भए।

जारी लिगमा तेस्रो जित दर्ता गराएको सरस्वती ९ अंकका साथ अंक तालिकाको नवौं स्थानमा छ। त्यस्तै लगातार सातौं हार ब्योहोरेको एनआरटी एक अंकका साथ तालिकाको अन्तिम स्थानमा छ। मनाङ शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: २७ मंसिर २०७५ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App