१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इङ्लिस प्रिमियर लिग : टोटेनह्यामसँग चेल्सी पराजित

काठमाडौं – चेल्सीले जारी सिजनको इङ्लिस प्रिमियर लिगमा पहिलो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा टोटेनह्यामसँग चेल्सी ३–१ ले पराजित भएकोे हो।

घरेलु टोली टोटेनह्यामले खेल सुरु भएको १६ औं मिनेटमा नै चेल्सीविरुद्ध २–० गोलको अग्रता लिएको थियो। डेले अलीले ८ औं र ह्यारी केनले १६ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा २ गोलको अग्रता लिएको टोटेनह्यामले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खायो।

५४ औं मिनेटमा दक्षिण कोरियन फरवार्ड सन ह्युङ मिनले टोलीका लागि ५० औं गोल पूरा गर्दा टोटेनह्यामले चेल्सीविरुद्ध ३–० को अग्रता लिएको थियो। ८५ औं मिनेटमा चेल्सीका ओलिभर जेरुडले सान्तवना गोल फर्काए।

चेल्सीले लिगमा पछिल्लो पटक गत सिजनको अन्तिम खेलमा न्युक्यासल युनाइटेडसँग ३–० को हार भोगेको थियो। जितसँगै टोटेनह्याम १३ खेलबाट ३० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। १३ खेलबाट २८ अंक जोडेको चेल्सी चौथो स्थानमा छ।

प्रकाशित: ९ मंसिर २०७५ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App