१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मुस्फिकरको कीर्तिमानमा बंगलादेशको बलियो पकड

ढाका – मुस्फिकर रहिम टेस्ट क्रिकेटमा दोहोरो शतक पूरा गर्ने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेको दिन सोमबार बंगलादेशले जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा बलियो पकड बनाएको छ।

दोस्रो दिनको खेल समाप्तीमा जिम्बाब्वे २५–१ मा खेलिरेको छ । टोली बंगलादेशभन्दा अझै ४ सय ९७ रनले पछि छ । ब्रायन चारी अविजित १० रनमा खेलरहेका छन् । जिम्बाब्वेले  कप्तान ह्यामिल्टन मासाकाड्जालाई पहिलो विकेटका रूपमा गुमाएको थियो । मासाकाड्जालाई तैजुल इस्लामले मेहदी हसनबाट क्याच गराएका थिए । मासाकाड्जाले यसअघि ७ रनमा खेलिरहेका बेला अरिफुल  हकले क्याच छुटाउँदा जीवनदान पाएका  थिए।

यसअघि मुस्फिकरको अविजित २ सय १९ रनको मद्दतमा बंगलादेशले सोमबार ५२२–७ मा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । सिलेटमा गत साता सम्पन्न पहिलो टेस्ट  १ सय ५१ रनले जित्दै दुई टेस्टको शृंंखलामा १–० को अग्रता लिएको जिम्बाव्बेलाई ७ वर्षपछि बंगालदेशी भूमिमा टेस्ट शृंखला जित्न यो खेल बराबरीमा रोक्न आवश्यक छ।

मुस्फिकर चिया सत्रलगत्तै लेग स्पिनर ब्रेन्डन मभुताको बलमा लेग स्क्वायरमा एक रन बटुल्दै टेस्ट क्रिकेटमा दोहोरो शतक पूरा गर्ने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका थिए।

मुस्फिकर चिया सत्रलगत्तै लेग स्पिनर ब्रेन्डन मभुताको बलमा लेग स्क्वायरमा एक रन बटुल्दै टेस्ट क्रिकेटमा दोहोरो शतक पूरा गर्ने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका थिए । ४ सय २१ बल खेलेका मुस्फिकरले १८ चौका र १ छक्का प्रहार गरे । यसका साथै मुस्फिकर टेस्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने बंगलादेशी खेलाडी बनेका छन्।

मुस्फिकरले  सेन विलियम्सको बलमा १ रन जोड्दै साकिब अल हसनको २ सय १७ रनको कीर्तिमान तोडेसँगै कप्तान मोहम्मदुल्ला रियादले बंगलादेशको पहिलो इनिङ समाप्तिको घोषणा गरेका थिए  । साकिबले २०१७ मा वेलिङ्टनमा न्युजिल्यान्डविरुद्धको टेस्टको एक इनिङमा २ सय १७ रन जोडेका थिए।

मुस्फिकरले आठाैं विकेटका लागि मेहदी हसनसँग कीर्तिमानी १ सय ४४ रनको साझेदारी गरेका थिए  । यसअघि मुस्फिकरले नै २०१० मा इङ्ल्यान्डविरुद्ध आठाैं विकेटका लागि नाइम इस्लामसँग १ सय १३ रनको साझोदारी तोडेका थिए।

पहिलो दिन २६–३ को कठिन स्थितिमा ब्याटिङका लागि आएका मुस्फिकरले चौथो विकेटका लागि मोमिनुल हकसँग २ सय ६६ रनको साझेदारी गरेका थिए । हकले १ सय ६१ रनको योगदान गरेका थिए । २ सय ४७ बल खेलेका हकले १९ चौका प्रहार गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०७५ ००:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App