१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ताहिरको पाँच विकेट

केप टाउन – लेग स्पिनर इमरान ताहिरको उत्कृष्ट प्रदर्शनप्रेरित दक्षिण अफ्रिकाले मंगलबार पहिलो ट्वान्टी–२० खेलमा जिम्बाब्बेलाई ३४ रनले हराएको छ । यस जितसँगै दक्षिण अफ्रिकाले ३ ट्वान्टी–२० खेलको शृंखलामा १–० को अग्रता लिएको छ । गत साता दक्षिण अफ्रिकाले ३ एकदिवसीय खेलको शृंखला ३–० ले ह्वाइटवास गरेको थियो।

ताहिरले २३ रन खर्चंदै  ५ विकेट लिएपछि दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले  १७.२ ओभरमा  मात्र १ सय २६ रन जोड्न सक्यो । जिम्बाब्वेका पिटर मोरले सर्वाधिक ४४ रनको योगदान गरे भने ब्रान्डन माभुटाले २८ र  सेन विलियम्सले २१ रन जोडे । २१ बल खेलेका मोरले १ चौका र ५ छक्का प्रहार गर्दा १४ बलको सामना गरेका माभुटाले २ चौका र २ छक्का प्रहार गरे  । २२ बल खेलेका विलियम्सले २ चौका प्रहार गरे।

आफ्नो पहिलो ओभरमा ओपनर चामु चिबाबालाई बोल्ड गरेका ताहिरले दोस्रो ओभरमा कप्तान ह्यामिल्टन मासाकाड्जा र त्रिसाई मुसाकान्डलाई पवेलियनको बाटो देखाउँदै जिम्बाब्बेलाई दबाबमा राखेका थिए । दक्षिण अफ्रिकाका ताहिरले ५ तथा जुनियर डाला र एन्डिले फेलुकवायोले समान २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका रेसी भान डेन डुसेनले ५६ तथा डेविड मिल्नरले ३९ र कप्तान फाप डु प्लेसिसले ३४ रनको योगदान गरे।

४४ बलको सामना गरेका डुसेनले ५ चौका र १ छक्का प्रहार गर्दा मिल्नरले ३४ बलमा १ चौका र २ छक्का प्रहार गरे । २० बल खेलेका डुप्लेसिसले ५ चौका र २ छक्का प्रहार गरे । ११–२ को स्थितिमा ब्याटिङका लागि आएका डुसेनले तेस्रो विकेटका लागि डुप्लेसिससँग ४१ र मिल्नरसँग ८७ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए।

प्रकाशित: २५ आश्विन २०७५ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App