२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

यु–१८ साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

काठमाडौं – भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि शुुक्रबार (आज) नेपाल र भारत आमने सामने हुँदैछन्। खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बाट भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ।

नेपाल समूह ‘बी’ को उपविजेता र भारत समूह ‘ए’ को विजेता हो। समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई १२–० ले हराएको नेपाल दोस्रो खेलमा भने बंगलादेशसँग २–१ ले पराजित हुँदै समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो।

यता समूह ‘ए’ को विजेता बन्दा भारतले भुटानलाई ४–० ले र माल्दिभ्सलाई ८–० ले हराएको थियो। आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भुटान र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ। भुटान समूह ‘ए’ को उपविजेता हो। 

नेपाली टोली
गोलकिपरः अञ्जना रानामगर, उषा नाथ र कविता राई

डिफेन्डरः निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान र पुजा रानामगर

मिडफिल्डरः शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी र सम्झना लावती

स्ट्राइकरः रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा 

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास छन्। 

प्रकाशित: १९ आश्विन २०७५ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App