१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्यानाडामा राजुलाई कास्य

काठमाडौं - राजु नगरकोटीले क्यानाडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका छन्।क्यानाडाको भ्यानकुभर स्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कास्य जितेका हुन्। राजु सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए।

नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन्। राजु नेपाल आर्मीका छैटौं ब्याचका तेक्वान्दो खेलाडी हुन्। राजुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपाल राष्ट्रको झन्डा फरफराउन पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा पनि राष्ट्रका लागि अझ धेरै पदक जित्न प्रयासरत रहने बताए।

प्रकाशित: ६ आश्विन २०७५ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App