१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिका हारको संघारमा

कोलम्बो – पहिलो इनिङको खराब लयले दोस्रो इनिङमा पनि निरन्तरता पाएपछि दक्षिण अफ्रिका आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा हारको संघारमा पुगेको छ।

पहिलो इनिङमा १ सय २४ रनमा समेटिएको दक्षिण अफ्रिका दुई टेस्ट खेलको शृंखलामा १–० ले पछि छ । शृंखला क्लिन स्विप हुनबाट जोगाउन जितका लागि ३ सय ९० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका तेस्रो दिनको खेल समाप्तिमा १ सय ३९ रनमा खेलिरहेको छ र भ्रमणकारी टोली अझै श्रीलंकाभन्दा ३ सय ५१ रनले पछि छ।

थियुनिस डि ब्रुयन अविजित ४५ र टेम्बा बभुमा अविजित १४ रनमा खेलिरहेका छन् । ९७ बल खेलेका बु्रयनले ७ चौका प्रहार गर्दा १७ बलको सामना गरेका बभुमाले १ चौका प्रहार गरे।

दक्षिण अफ्रिकाले २३ रन जोड्दा एडिन मार्काम (१४) लाई पहिलो विकेटका रूपमा गुमाएको थियो । मार्कामलाई रंगना हेराथले एलबिडब्लुको सिकार बनाएका थिए । अर्का ओपनर डिन एल्गर र बु्रयनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ अघि बढाउने संकेत गरेका थिए  । तर टोलीको योगफल ८० रन हुँदा एल्गरलाई दिलरुवान परेराले एलबिबडब्लुको सिकार बनाएका थिए । ८० बल खेलेका एल्गरले ४ चौका मद्दतमा ३७ रन जोडे । दक्षिण अफ्रिकाले थप २३ रन जोड्दा थप तीन विकेट गुमाउँदै दबाबमा परेको थियो।

६ रन जोडेका हसिम अमलालाई हेराथले बोल्ड गरेका थिए भने ७ रन जोडेका कप्तान फाप डु प्लेसिसलाई अकिला धनञ्जयले एन्जेलो म्याथ्युजबाट क्याच गराएका थिए । यता केशव महाराजालाई खाता नखोल्दै धनञ्जयले एलबिडब्लुको सिकार बनाएका थिए।

श्रीलंकाका हेराथ र धनञ्जलयले समान २ तथा परेराले १ विकेट लिए । यसअघि १५३–३ बाट तेस्रो दिनको खेल सुरु गरेको श्रीलंकाले थप २२ रन जोड्दै २७५–५ मा दोस्रो इनिङको समाप्तिको घोषणा गर्दै जितका लागि दक्षिण अप्र्रिmकालाई ४ सय ९० रनको लक्ष्य दिएको थियो ।

श्रीलंकाका दिमुथ करुणारत्ने र  एन्जेलो म्याथ्युजले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । तेस्रो दिनको समाप्तिमा ५९ रनमा अविजित रहेका करुणारत्नेले थप २६ रन जोड्दा १२ रनमा अविजित रहेका म्याथ्युजले थप ५९ रन जोडे । १ सय ३६ बल खेलेका करुणारत्नेले १२ चौका प्रहार गर्दा १ सय ४७ बलको सामना गरेका म्याथ्युजले ७ चौका प्रहार गरे । म्याथ्युजले पाँचांै विकेटका लागि रोशेन सिल्भासँग ६४ रनको साझेदारी गरेका थिए ।९९ बल खेलेका रोशेनले २ चौकाको मद्दतमा अविजित ३२ रन जोडे।

दक्षिण अफ्रिकाका महाराजाले ३ विकेट लिए । उनले पहिलो इनिङमा समेत ९ विकेट लिएका थिए।

 

प्रकाशित: ७ श्रावण २०७५ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App