१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आइपीएल : कोलकाताविरुद्ध मुम्बई १३ रनले विजयी

मुम्बई– भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले घरेलु मैदानमा कोलकाता नाइट राइडर्सविरुद्ध १३ रनको जित निकालेको छ।

घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो। १८२ रनको विजय लक्ष्यसहित जवाफी व्याटिङ्गमा आएको कोलकातालाई १६८ मा रोक्दै मुम्बईले १३ रनको विजय हासिल गरेको हो। जितसँगै मुम्बईले प्लेअफमा पुग्ने सम्भावना जिवित राखेको छ।

प्रतिस्पर्धात्मक खेलमा ६ विकेटको क्षतिमा १६८ रनमा समेटिएको कोलकाताका लागि रोविन उथप्पाले सर्वाधिक ५४ रन बनाए। ३५ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। नितिश रानाले २७ बलमा ३ चौका र १ छक्कासहित ३१ रन जोडे। कप्तान दिनेश कार्तिक ३६ रनमा अविजित रहे। क्रिश लिनले १७ रन जोडे। 

बलिङतर्फ हार्दिक पाण्ड्याले २ विकेट लिए। क्रुनाल पाण्ड्या, मयन्क मार्कंडेय, जसप्रीत बुमराह र मिसेल मैक्लेनघनले १–१ विकेट लिए। 

यसअघि घरेलु मैदानमा टस हारेर ४ विकेटको क्षतिमा १८१ रनको योगफल बनाएको मुम्बईका लागि सूर्य कुमार यादवले सर्वाधिक ५९ रन बनाए। ३९ बल खेलेका यादवले ७ चौका र २ छक्का प्रहार गरे। 

इविन लुइसले २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रन जोडे। हार्दिक पाण्ड्याले नटआउट ३५ रन बनाए। जेपी डुमिनी १३ रनमा अविजित रहे। क्रुनल पाण्ड्या १४ र रोहित शर्माले ११ रन जोडे। 

बलिङतर्फ सुनील नारिन र आन्द्रे रुसेलले २–२ विकेट लिए।

प्रकाशित: २३ वैशाख २०७५ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App