इङल्याण्ड – इङलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडलाई ११ औं स्थानको ब्राइटनले १–० ले पराजित गरेको छ।
प्रतियोगिताअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा ब्राइटनलाई विजयी गराउन ५७ औं मिनेटमा पास्कल ग्रोबले हेड मार्फत गोल गरे।
हारपछि युनाइटेड ३६ खेलबाट ७७ अंक जोडदै दोस्रो स्थानमा यथावत छ। विजयी ब्राइटन भने ४० अंक जोडदै रेलिगेसन क्षेत्रभन्दा ८ अंकमाथि छ। प्रिमियर लिगको उपाधि भने म्यानचेष्टर सिटीले जितिसकेको छ।
प्रकाशित: २२ वैशाख २०७५ ०४:४४ शनिबार