१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

टर्किस एयरलायन्सको आयोजनामा गल्फ हुँदै

काठमाडौं – टर्किस एयरलायन्सको आयोजनामा आगामी शनिबार छैटौं टर्किस एयरलायन्स वल्र्ड गल्फ कपको काठमाडौै क्वालिफायर हुने भएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले प्रतियोगितामा १ सय खेलाडीले भाग लिने बताए । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता एमेच्योर र कर्पोरेट गरी दुई विधामा हुने र नेट विनर नोभेम्बरमा टर्कीको एन्टालियामा हुने वल्र्ड गल्फ कोर्सको ग्रान्ड फाइनलमा छनोट हुने आचार्यले बताए।

प्रतियोगिता ३ बाई ४ ह्यान्डीक्याप स्टेफल संरचनामा हुनेछ । टर्किस एयरलायन्सका काठमाडौं प्रतिनिधि अब्दुल्लाह ट्युन्सर केइसीले यस पटकको प्रतियोगिता काठमाडौंमा गर्न पाउँदा उत्साही भएको बताए।

प्रकाशित: २२ वैशाख २०७५ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App