१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकपः अन्तिम सेमिफाइनल खेलमा थ्री स्टार र एपीएफ भिड्दै

इलाम – इलाममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) को दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ः०० बजे पछि सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ।

क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ट्राइबेकरमा ४–३ ले हराउदै थ्री स्टार र झापा–११ लाई २–१ ले हराउँदै एपीएफ सेमिफाइनल प्रवेश गरेका हुन्। आजको विजेता टोलीले फाइनलमा मनाङ मर्स्याङदीको सामाना गर्नेछ। मनाङले शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

वैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले नगद ४ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वा्धिक  गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १५ वैशाख २०७५ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App