१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ला लिगाः रियल मड्रिड बराबरीमा राेकियाे

स्पेन – स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गरेको गोलको मद्दतमा रियल मड्रिड स्पेनीस ला लिगा फुटबलमा पराजित हुनबाट जोगिएको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिड एथ्लेटिको बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

रियलको घरेलु मैदानमा भएको खेलमा १४ औं मिनेटमा इनाकी विलियम्सको गोलमार्फत बिल्बाओले अग्रता लिएको थियो। तर ८७ औं मिनेटमा लुका मोड्रिच पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि दुवै टिमले गोल गर्न सकेनन् र खेल बराबरीमा टुंगीयो।

बराबरीसँगै साविक विजेता रियलले बार्सिलोना र एथ्लेटिको मड्रिडसँगको अंक दूरी घटाउने मौका गुमाएको छ। यो खेल जितेको भए रियलले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी १ मा झार्ने थियो। 

लिगमा शीर्ष स्थानको बार्सिलोनाको ३३ खेलबाट ८३, दोस्रो स्थानको एथ्लेटिकोको ७१ र तेस्रो स्थानकोे रियलको ६८ अंक छ।

प्रकाशित: ६ वैशाख २०७५ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App