८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा पाकिस्तान विजयी

पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला २-१ ले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा आइतबार ८ विकेटको जित निकाल्दै पाकिस्तानले शृंखला कब्जा गरेको हो। पहिलो खेल २ विकेटले जितेपनि अस्ट्रेलियाले दोस्रो एक दिवसीय भने ९ विकेटले गुमाएको थियो।

तेस्रो खेलमा पर्थमा घरेलु टोली अस्ट्रेलियाले दिएको १४१ रनको मध्यम लक्ष्य भ्रमणकारी टोली पाकिस्तानले २६.५ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। उसको जितमा सइम अयुबले ४२ र अब्दुल्लाह सफिक्यूले ३७ रनको योगदान गरे। क्याप्टेन मोहमद रिजवान ३० र बाबर आजम २८ रनमा नटआउट रहे।  

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३१.५ ओभरमा १४० रनमा अलआउट भएको थियो। उसका लागि सिएन एब्बेटले सर्वाधिक ३० रन बनाए। ६ जना ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलेलियन फर्केका थिए। पाकिस्तानी बलरले २२ रन अतिरिक्त दिएका थिए।  

अस्ट्रेलियालाई कम योगफलमा समेट्न शहीन शाह अफ्रिदी र नसिम शाहले समान ३/३ विकेट लिए। हरिस रौफको नाममा २ विकेट रह्यो।

अस्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तानले अब ३ खेलको टी २० शृंखला खेल्नेछ।

प्रकाशित: २५ कार्तिक २०८१ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App