४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

दशौँ राष्ट्रिय खेलकुदको कार्यविधि तयार

फाइल तस्बिर

कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ।

युवा तथा खेलकुद मन्त्रालयमा बुधवार खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुङ्गो लगाएको हो।

कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामग्री, व्यवस्थपकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमका बारेमा छलफल गरिएको हो।

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्नेसमेत गर्दछ। कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो। यसैअनुसार बजेटको खाका बनाउनुपर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राखेपले जनाएको छ।

आउँदै गरेको १०औँ राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ। जसलेगर्दा कार्यविधि पनि तय गरिएको मन्त्रालयले बताएको छ। रासस

प्रकाशित: ३१ श्रावण २०८१ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App