४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

अफगानिस्तान क्रिकेट लिग: स्टार खेलाडीले खेल्ने अपेक्षा

अफगानिस्तानको ट्वान्टी–२० क्रिकेट लिगको शीर्ष प्रतियागिता सोमबारदेखि सुरु हुँदा देशका धेरै स्टार खेलाडीले पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ।

देशको सत्ता शासनमा तालिबान फर्किएपछि पहिलोपल्ट देशका स्टार क्रिकेटर घरेलु क्रिकेटको लिगमा फर्किन लागेका हुन्। अफगानी क्रिकेट बोर्डले पनि अफगानिस्तानका स्टार क्रिकेटरले खेल्ने उल्लेख गरेको छ।

काबुल क्रिकेट स्टेडियममा पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्पिन घर टाइगर्स र बन्द ई अमिर ड्रागन्सबीच ठूलो मात्रामा समर्थकबीच प्रतिस्पर्धा तय छ। अफगानिस्तान ट्वान्टी–२० क्रिकेट टोलीका कप्तान एवम् स्टार स्पिनर रसिद खानले डिफेन्डिङ च्याम्पियन स्पिन घर टाइगर्सबाट खेल्ने उल्लेख गरिएको छ। यद्यपि, उनी अहिलेसम्म टोलीमा देखिएका छैनन्।

अफगानिस्तानको राष्ट्रिय टोलीका स्टार खेलाडीमध्ये उनी एक हुन्। तर, अन्य देशका लिगमा खेल्ने प्रतिबद्धताका कारण अहिले उनी टोलीमा नरहेको अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले उल्लेख गरेको छ। एसिबीले युके र क्यानडाका लागि रसिदले पहिल्यै खेल्ने सम्झौता गरेकाले तत्काल घरेलु लिगमा समावेश हुन नसकेको उल्लेख गरेको छ। ‘उनीसँगै अन्य खेलाडीले छिट्टै घरेलु लिगमा समेटिनेछन्,’ एसिबीका एक पदाधिकारीले भने। अफगानिस्तानको तालिबानी अधिकारीले पनि ती खेलाडीलाई विशेष सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरेको थियो। पछिल्लो पटक सन् २०२२ मा लिग भएको थियो।

तालिबान सत्तामा आएपछि भएको पहिलो लिगमा बम बिस्फोट हुँदा दुई समर्थक र अन्य चार जना घाइते भएका थिए। एसिबीका चेयरमेन मिरवेस असरफले घरेलु लिग हुनु सबैभन्दा महŒवपूर्ण पक्ष रहेको उल्लेख गरेका छन्। ‘देशका स्टार र नायकहरूसँग खेल्न हाम्रा युवाका लागि यो सबैभन्दा ठूलो अवसर हो। युवाहरूले सिनियर खेलाडीबाट धेरै कुरा सिक्न पाउनेछन् र कसरी अनुभवी खेलाडी बन्नेबारे पनि उनीहरूले सिक्नेछन्,’ उनले भने। पछिल्लो संस्करण फ्रेन्चाइज फरम्याटबाट लिग सञ्चालन भएको थियो।

यसपटक एसिबीले आफ्नै तरिकाले लिग सञ्चालन गरेको छ। आगामी अगस्ट २५ सम्म तय लिगमा पाँच क्षेत्रले प्रतिस्पर्धा गर्दै छन्। अफगानिस्तानमा क्रिकेट धेरै लोकप्रिय छ।

प्रकाशित: २९ श्रावण २०८१ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App