१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रंगभेदी व्यवहारप्रति आपत्ति

पेरिस – फ्रान्सका खेलकुद मन्त्री लाउरा फ्सेलले बुधबार मिडफिल्डर पाउल पोग्बा र औसमाने डेम्बेलेमाथि भएको रंगभेदी दुर्व्यवहारप्रति आपत्ति जनाएकी छिन्।

मंगलबार रूसको घरेलु मैदनमा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु समर्थकले पोग्बा र डेम्बेलेलाई ‘बाँदरलाई मैदान प्रवेशमा अनुमति छैन’ भन्ने नारा लगाएका थिए ।

‘फुटबल मैदानमा रंगभेदको कुनै स्थान हुँदैन,’ दुई पटककी ओलम्पिक च्याम्पियन फ्लेसेलले भनिन्, ‘हामीले यस्तो व्यवहार सधैंका लागि अन्त्य गर्न कडा नियम ल्याउँदै त्यसको कडाइका साथ लागू गर्नुपर्ने बताइन् ।

दोस्रो हाफमा फ्रान्स ३–१ ले अघि भैरहँदा एएफपीका फोटो पत्रकारले बार्सिलोनाका विंगर डेम्बेलेलाई रंगभेदी शब्द प्रयोग गरेको सुनेको दाबी गरे पनि इन्टरनेट प्रयोगकर्ताहरूले म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बामाथि रंगभेदी शब्द प्रयोग गरिएको दाबी गरेका छन् । तर डेम्बेले र पोग्बा तथा फ्रान्सेली टिमले भने घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

‘उनीहरूमाथि रंगभेदी दुव्र्यवहार भएको हो भने हामी खेलको भिडियो रिप्ले अध्ययन गर्दै यो घटनाबारे सत्यतथ्य जानकारी गराउन तयार छाैं,’  रूसी फुटबल संघको सुरक्षा समितिका प्रमुख भ्लाद्मिर मार्किनले भने, ‘अनुसन्धानपछि मात्र यसबारे विस्तृत विवरण दिनेछाैं।’

प्रकाशित: १६ चैत्र २०७४ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App