१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सिन्धुपाल्चोकमा विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण सम्पन्न

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका  खेल शिक्षक (कोच) हरुको दुई दिने विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ सम्पन्न भएको छ ।  

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले ग्रास रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय भएकोले विद्यालयबाट नै क्रिकेटको शुरूवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएको हुँदा यो प्रशिक्षण सन्चालन गरेको जिल्ला क्रिकेट संघका सचिव अजयकुमार धितालले जानकारी दिए ।  

समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको गतिविधिलाई सुरु देखि नै नियालेर हेरेको र सिन्धुपाल्चोक क्रिकेटले छोटो समयमै छुट्टै पहिचान बनाएको र त्यो पहिचान बनाउन दिनरात मेहनत गर्ने सिन्धुपाल्चोक क्रिकेट संघ कार्यसमितिलाई विशेष आभार व्यक्त गरे ।  

साथै सिन्धु क्रिकेटको लागि आफ्नो ठाउँबाट जस्तोसुकै साथ दिन तयार छु भन्दै प्रतिबद्धता व्यक्त गरेका थिए। निकट भविष्यमा सिन्धुपाल्चोकमा संचालन हुने स्कुल क्रिकेट लिगको लागि यो प्रशिक्षण धेरै फलदायी हुने संघका उपाध्यक्ष राजन धितालले बताए।  

दुई दिन चलेको उक्त प्रशिक्षणमा सिन्धुपाल्चोकका विभिन्न विद्यालयका २७ जना प्रशिक्षार्थी (कोच)को  सहभागितामा प्रशिक्षक बीकेएसपी बङलादेशका कोच मसुद हसनबाट दिक्षित भएका हुन ।  

समापन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य सुदिप शर्माले यस्तो कार्यक्रमले ग्रासरुट क्रिकेटलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नु गरे ।  

प्रकाशित: २९ असार २०८१ १९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App