२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टोटेनह्यामले उपाधि खडेरी तोड्ने दाबी

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले प्रशिक्षक माउरिसियो पोचेटिन्होको आक्रामक रणनीति छिट्टै सफल हुने र क्लबले उपाधि खडेरी तोड्ने दाबी गरेका छन्।

लोरिसले अर्काे महिना म्यानचेस्टर युनाइटेडविरुद्ध हुने एफए कप सेमिफाइनल क्लबले आफ्नो उत्कृष्टता प्रमाणित गर्ने सुनौलो अवसर भएको बताए।

उनले यस सिजन च्याम्पिन्यस लिगको क्वार्टरफाइनलबाट बाहिरिनुमा क्लबको दुर्भाग्यले निरन्तरता पाउनु पनि एउटा कारण भएको बताए। मार्च १७ मा वेम्बलीमा सम्पन्न दोस्रो लेगमा युभेन्ट्सविरुद्ध तीन मिनेटको अन्तरमा २ गोल खाएसँगै २–१ को नतिजा सुम्पिएको टोटेनह्याम प्रतियोगिताबाट बाहिरिएको थियो। पछिल्लो तीन सिजनमा दुई पटक प्रतियोगिताको फाइनल खेलेको युभेन्ट्स आफूहरूको तुलनामा अनुभवी देखिएको र उनीहरूले त्यसको फाइदा उठाउन सफल भएको लोरिसले बताए।

युभेन्ट्सको घरेलु मैदान टुरिनमा सम्पन्न पहिलो लेगमा २–२ को बराबरी खेलेको टोटेनह्यामले दोस्रो लेगमा अग्रता लिए पनि त्यसलाई जोगाउन असफल भएसँगै समग्रमा ४–३ को नतिजा सुम्पिएको थियो। सेमिफाइनलमा युभेन्ट्सले साबिक विजेता रियाल मड्रिडको सामना गर्नेछ।

तर जारी प्रिमियर लिगमा क्लब शीर्ष ४ मा पर्ने दाबी गर्र्दै लोरिसले अर्का सिजन च्याम्पियन्स लिगमा पनि पुनः आफूहरूलाई प्रमाणित गर्ने बताए। प्रिमियर लिगमा ३० खेलको समाप्तिमा ६१ अंक जोड्दै चौथो स्थानमा बसेको टोटेनह्याम पाँचांै स्थानको चेल्सीभन्दा ५ अंकले अघि छ। अप्रिल १ मा हुने खेलमा टोटेनह्यामले चेल्सीको सामना गर्दै छ।

क्लबले पछिल्लो पटक उत्कृष्ट प्रदर्शन गरिहेको भन्दै लोरिसले यस पटक उपाधि खडेरी तोड्ने दाबी गरे। टोटेनह्यामले पछिल्लो पटक सन् २००८ मा चेल्सीलाई हराउँदै लिग कपको उपाधि जितेको थियो। त्यसपछिका कुनै पनि प्रतियोगिता टोटेनह्यामका लागि सुखद बन्न सकिरहेको छैन।

‘हामी उपाधि जित्न चाहन्छौं,’ लोरिसले भने, ‘हामीले उत्कृष्ट फुटबल खेलिरहेका छौं र हामी उपाधि जित्न सक्षम टोली हौं। पोचेटिन्होको आक्रामक रणनीति केही घातक सिद्ध पनि हुन सक्छ तर हामीले धेरैभन्दा धेरै गोलका अवसर पनि र्सिजना गरिरहेका छौं, जुन सकारात्मक पक्ष हो।’

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने प्राय निश्चित छ र टोटेनह्याम तथा युनाइटेड च्याम्पियन्स लिगबाट बाहरिसकेका छन्। त्यसैले दुवै क्लब अप्रिल २१ मा हुने एफए कप अन्तिम ४ को भिडन्तमा बाजी मार्दै जारी सिजन एउटा मात्र उपाधि भए पनि भिœयाउन चाहन्छन्। यी दुई टोलीबीचको विजेताले उपाधिका लागि चेल्सी र साउथह्यामटनको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

‘हामी निरन्तर सुधारिएको् प्रदर्शन गर्दै आफूहरू पनि सक्षम क्लब भएको प्रमाणित गर्न चाहन्छौं,’ लोरिसले थपे, ‘यसका लागि हामीले उपाधि जित्दै आफ्नो उपस्थिति जनाउनु आवश्यक छ। 

प्रकाशित: ११ चैत्र २०७४ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App