एसिसी प्रिमियर कप शुक्रवार भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
खेलको दोस्रो इनिङमा व्याटिङ गरिरहेको नेपालका कुशल भूर्तेल पवनदीप सिहंको बलमा एलबिडब्लु भएका छन्। उनी २४ बलमा २४ रन बनाएर आउट भएका हुन।
नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर ५८ रन बनाएको छ। ओमानमा शुक्रबारबाट सुरु भएको एसिसी मेन्स प्रिमियर कपमा नेपाली टोलीको कमजोर फिल्डिङको मद्दतमा मलेसियाले १४३ रनको मध्यम स्कोर दिएको छ।
तुलनात्मक रुपमा आफूभन्दा निकै बलियो नेपाली टोलीसँगको खेलमा मलेसियाले कप्तान विरानदीप सिंहको ७२म रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४४ रन जोडेको हो।
मलेसियाले सम्मानजनक स्कोर खडा गर्न नेपाली फिल्डरले साथ दिए। नेपाली टोलीले केही क्याच र बाउन्ड्रीहरू छोडेपछि मलेसियालाई टोलीले राहत पाएको थियो।
मलेसियाका लागि कप्तानको अर्धशतकसँगै अर्का ब्याटर शर्भिन मुनियन्दीले ३३ बलमा ४२ रनको योगदान दिएका छन्। नेपालका तर्फबाट दीपेन्द«सिँह ऐरीले २ र अविनाश बोहराले एक विकेट लिए।
प्रकाशित: ३० चैत्र २०८० १८:३८ शुक्रबार