३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

आईपीएलः चार टोली आमनेसामने, हेड टु हेडमा कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दुई खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा साविक उपविजेता गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद तथा दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।

गुजरात र हैदरावादको खेल दिउँसो ३ः४५ बजे अहमदावादमा खेलिने छ भने दोस्रो खेल विशाखापटनममा साँझ ७ः४५ बजे सुरु हुनेछ। आजको दुबै खेल निकै रोमाञ्चक हुने मानिएको छ।

आफ्नो पछिल्लो खेलमा मुम्बई इन्डियन्सलाई सबैभन्दा ठूलो रन बनाएर ५ पटकको विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो भने गुजरातले १ पटक उपाधी उचालिसकेको छ भने एकपटक उपविजेता बनेको छ।

हालसम्म आईपीएलमा गुजरात र हैदरावादले ३ खेल खेलेको छ। जसमा गुजरातले २ खेलमा जित हात पारेको छ जबकी हैदरावादले १ मा मात्रै जित निकाल्न सकेको छ।

त्यस्तै आजको अर्को खेलमा जित हात पार्दै ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई आफ्नो शिर्ष स्थानलाई कायम राख्न चाहन्छ भने हालसम्म जारी सिजनमा जित हात पार्न नसकेको दिल्ली पहिलो जितको खोजीमा रहने छ।

दिल्ली र चेन्नईबीचको खेल भने हेड टु हेडको हुनेछ। हालसम्म आईपीएलमा दुबै टोलीले २९ खेल खेलेको छ। जसमा चेन्नईले १९ खेलमा जित निकाल्दा दिल्लीले १० खेल जितेको छ।

प्रकाशित: १८ चैत्र २०८० ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App