नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको ट्वान्टी–२० शृङ्खला अन्तर्गतको पहिलो खेल आज हुँदैछ।
नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिम आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। तर, आजको खेल वर्षाका कारण अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ।
त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान अनुसार आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने हुँदा नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको खेल प्रभावित हुन सक्ने सम्भावना बढेको छ।
प्रकाशित: १२ चैत्र २०८० ०७:०० सोमबार