३ असार २०८१ सोमबार
image/svg+xml
खेल

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटमा नेपालको लज्जास्पद हार

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ।

बहराइनस्थित राष्ट्रिय रङ्गशालामा राति सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो।

अब नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मङ्गलवार खेल्नेछ।

समूह एचमा रहेको बहराइनले जितसँर्ग ६ अङ्क जोडेको छ। नेपाल भने लगातार तीन खेलमा पराजित हुँदै अङ्कबिहीन बनेर पूछारमा रहेको छ।

प्रकाशित: ९ चैत्र २०८० ०७:३३ शुक्रबार

फिफा विश्वकप एएफसी एसियन कप छनोट नेपाल बहराइन पराजित