५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

मुवाँथाईमा नेपाललाई ऐतिहासिक सफलता, रुचालले जिते स्वर्ण

नेपालका गुणराज रुचालले १९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा मंगलबार स्वर्ण जितेका छन्। मुवाँथाईमा यो ऐतिहासिक सफलता पनि हो।

थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जितेका हुन्। नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनै पनि नेपाली खेलाडीले स्वर्ण जित्न नसकेको बताए। गुणराज विश्व च्याम्पियनसिपको आठौं सहभागितामा स्वर्ण जित्न सफल भएका हुन् । गुणराजको उपलब्धि मुवाँथाईमा कुनै पनि नेपाली खेलाडीले हासिल गरेको उच्च हो।

यसअघि पलिस्था कक्षपतिले सन् २०१९ तथा सञ्जय राईले २०१७ मा सम्पन्न विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। पलिस्था र सञ्जयले भने एमेच्योरतर्फ स्वर्ण जितेका थिए। विश्व च्याम्पियनसिपको जारी संस्करणमै एमेच्योरतर्फ परिका बतासले पनि स्वर्ण जितेकी छन्। 

प्रकाशित: ७ चैत्र २०८० ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App