१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

झापा गोल्डकप : फाइनल प्रवेशका लागि आर्मी र मनाङ भिड्दै

बिर्तामोड – झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा शनिबार (आज) दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी भिड्दै छन्। खेल डोमालाल राजबंशी रंगशालामा दिउँसो ३ः०० बजे पछि सुरू हुनेछ।

क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी र सहारा क्लब पोखरालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

आजको बिजेता टोलीले उपाधिका लागि आयोजक झापा ११ को सामना गर्नेछ। झापा ११ ले शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ट्राइबेकरमा ४–३ ले हराउदै फाइनलमा स्थान पक्का गरिसकेको छ। आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

फागुन २८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार तथा उप विजेताले ६ लाख प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २५ हजार रूपैयाँ पाउने आयोजकले जानकारी दिएको छ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल प्राप्त गर्नेछन्।

प्रकाशित: २६ फाल्गुन २०७४ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App