१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपोलीको अपराजित यात्रा टुंगियो

तस्विर : एजेन्सी

रोम– घरेलु मैदानमा शनिबार रोमालाई ४–२ को नतिजा सुम्पिएसँगै इटालियन सिरी ‘ए’ को शीर्ष टोली नेपोलीको १० खेलको अपराजित यात्रा टुङ्गिएको छ।

जारी सिजनमा नेपोलीको यो सिरी ‘ए’ मा दोस्रो हार हो । हारका बावजुद पनि २७ खेलमा ६९ अंक जोडेको नेपोली शीर्ष स्थानमा यथावत् छ । जुन एक खेल कम खेलेको दोस्रो स्थानको युभेन्ट्सभन्दा एक अंक बढी हो । युभेन्ट्सले शनिबारै सम्पन्न खेलमा लाजियोमाथि १–० को जित हात पार्दै नेपोलीसँगको अंकदूरी घटाएको थियो । समान खेलमा ५३ अंक जोडेको रोमा तेस्रो स्थानमा उक्लिँदा ५२ अंक जोडेको लाजियो चौथो स्थानमा छ ।यसअघि गत साताका लागि निर्धारित एट्लान्टाविरुद्धको खेल भारी हिमपातका कारण रद्द भएपछि युभेन्ट्स ४ अंकले पछि परेको थियो।

‘हारका बावजुद पनि हामीसँग यस खेलबाट सन्तुष्ट हुुने धेरै पक्ष छन्,’ नेपोलीका प्रशिक्षक माउरिसियो सारीले भने, ‘हामीले २७ पटक गोलको प्रयास गर्‍यौं ,जसमा हामी दुई पटक मात्र सफल भयौं । रोमाले पाएका अवसरलाई सदुपयोग गर्‍यो । हामी सुखद नतिजा ल्याउन नसकेकोमा समर्थकसँग माफी माग्न चाहन्छाै ।’रोमाको घरेलु मैदान सान पाउलोमा भएको खेलको छैटाै मिनेटमा लारेन्जो इन्जाघीले गरेको गोलमा नेपोलीले अग्रता लिएको थियो ।तर नेपोलीले अग्रता धेरै समय टिकाउन सकेन । त्यसको एक मिनेटपछि नै सेन्जिज अन्डरले गोल गर्दै रोमालाई खेलमा फर्काएका थिए।

२६औं मिनेटमा इडेन जेकोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।दोस्रो हाफको ६ मिनेट अन्तरमा थप दुई गोल गर्दै रोमाले खेलमा फर्कने  नेपोलीको लक्ष्यमा पूर्णविराम लगाएको थियो ।खेल सकिन १७ मिनेटअघि जेकोले व्यक्तिगत दोस्रो गोल गर्दै बढाएको टोलीको अग्रता त्यसको ६ मिनेटपछि डिएगो पेरोटीले गोल गर्दै ४–१ मा पर्‍याएका थिए।

शनिबारै सम्पन्न खेलमा युभेन्ट्सका लागि इन्जुरी समयको तेस्रो मिनेटमा पावलो डिबालाले गरेको गोल तीन अंक जोड्न पर्याप्त बन्यो ।त्यस्तै एसपिएएलले बोलोग्नालाई १–० ले पराजित गर्‍यो ।‘हामीले २७ पटक गोलको प्रयास ग¥यौं ,जसमा हामी दुई पटक मात्र सफल भयौं । रोमाले पाएका अवसरलाई सदुपयोग ग¥यो । हामी सुखद नतिजा ल्याउन नसकेकोमा समर्थकसँग माफी माग्न चाहन्छांै ।’

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App