१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सन्यांस फिर्ता लिने इब्राहिमोभिचको संकेत

स्टोकहोल्म – स्विडेनका पूर्व स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलमा फर्कने बिहीबार संकेत गरेका छन्।

सन् २०१६ को युरोपियन च्याम्पियनसिपपछि क्लब फुटबलमा केन्द्रित हुने भन्दै संन्यासको घोषणा गरेका म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इब्राहिमोभिच पछिल्लो १ वर्ष देखी घुँडाको चोटसँग जुधिरहेका छन्।

‘मैले राष्ट्रिय टोलीलाई धेरै मिस गरेँ,’ इब्राहिमोभिचले भने, ‘मलाई अझै पनि राष्ट्रिय टोलीमा फर्कदै उत्कृष्ट प्रदर्शनका साथ सफलता दिलाउन सक्छु जस्तो लागे अन्तर्राष्ट्रिय जिम्मेवारीमा फर्कनेछु।’

पेरिस सेन्ट जर्मन(पिएसजी)बाट युनाइटेडमा आबद्ध भएका इब्राहिमोभिचले जारी सिजन इङलिस प्रिमियर लिगमा पाँच वटा खेल मात्र खेलेका छन् । इब्राहिमोभिचको अनुपस्थितीका बाबजुद स्विडेनले गत नोभेम्बरमा दुई लेगको प्लेअफमा चार पटकको विश्व विजेता इटालीलाई १–० ले स्तब्ध पार्दै रुसमा जुनमा सुरु हुने विश्वकपको टिकट काटेको थियो।

राष्ट्रिय टोलीबाट १ सय १६ खेल खेलेका इब्राहिमोभिचले कीर्तिमानी ६२ गोल गरेका छन् । स्विडेन विश्व विजेता जर्मनी, दक्षिण कोरिया र मेक्सिकोसँगै समूह ‘एफ’ मा छ।
 

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App