१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इङल्यान्डलाई जित अपर्याप्त

ह्यामिल्टन – कोलीन मुनरोको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले त्रिकोणत्मक ट्वान्टी–२० शृंखलाअन्तर्गत समूहको अन्तिम खेलमा इङल्यान्डलाई २ रनको नतिजा सुम्पिए पनि अस्ट्रेलियासँगको फाइनल भेट पक्का गरेको छ।

इनिङको सुरुबाटै इङल्यान्डका बलरमाथि आक्रामक देखिएका मुनरोले १८ बलमा ५० रन पूरा गर्दै ट्वान्टी–२० क्रिकेटमा सर्बाधिक छिटो अर्धशतक बनाउने सुचीको छैटौं कीर्तिमानसँग बराबरी गरेका थिए।

टस हारेर ब्याटिङको लागि निम्त्याइएको इङल्यान्डले कप्तान इयान मोर्गानको अविजित ८० रन मद्दतमा ७ विकेट गुमाउदै १ सय ९४ रनको योगफल तयार पारेको थियो।

ओपनर मार्टिन गुप्टिलको ६२ र मार्क च्याम्पम्यानको अविजित ३७ रनमा न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ९२ रन मात्र जोड्न सक्यो।

तर न्युजिल्यान्डविरुद्ध हात पारेको २ रनको साघुँरो जित मोर्गानको टोलीका लागि सुखद बन्न सकेन । शृंखलामा पहिलो जित हात पार्न सफल भए पनि इङल्यान्डलाई बुधबार अस्ट्रेलियासँगको फाइनल भेट पक्का गर्न २० रनको जित आवस्यक थियो । १८औं ओभररको समाप्तीमा १७४–४ मा खेलेको न्युजिल्यान्डले १९औं ओभरको पहिलो बलमा १ रन जोड्दै इङल्यान्डको फाइनल पुग्ने सम्भावना टारिदिएको थियो।

२१ बल सामना गरेका मुनरोले ३ चौका र ७ छक्का मद्दतमा ५७ रन जोड्दा ४७ बल खेलेका गुप्टिलले ३ चौका र ४ चौका प्रहार गरे।
‘अन्तिम खेलमा शृंखलाकै पहिलो जित निकाल्न सफल भए पनि यो नतिजा फाइनल पुग्न पर्याप्त भएन,’ मोर्गानले भने, ’समग्र शृंखलामा हाम्रो प्रदर्शन निकै कमजोर रह्यो।’

यसअघि कप्तान मोर्गान र डेभिड मालनले तेस्रो विकेटका लागि गरेको ९३ रनको महत्वपूर्ण साझेदारीमा इङल्यान्डले १ सय ९४ रनको योगफल खडा गरेको थियो।

४६ बल खेलेका मोर्गानले ४ चौका र ६ छक्का प्रहार गर्दा ३६ बल खेलेका मालनले २ चौका र ५ छक्का मद्दतमा ५३ रन जोडे।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ र टिम साउथीले २ विकेट लिए।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App