५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

संकटाद्वारा एपिएफमाथि गोलवर्षा

कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटा क्लबले जारी एन्फा यु- १६ युथ लिग फुटबलमा मंगलबार एपिएफको पोस्टमा सात गोलको वर्षा गरेको छ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा संकटाले विभागीय टोली एपिएफमाथि ७-१ को जित निकालेको हो। मंगलबार नै भएको अर्को खेलमा मच्छिन्द्र क्लबले पनि खुमलटार युवा क्लबलाई ३-१ ले हरायो। यो जितसँगै समान ९ खेलबाट मच्छिन्द्र २० अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको संकटाको १९ अंक छ।

संकटा ९ खेलबाट १९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लब १७ अंकसहित दोस्रो स्थानमा छ। खेलको ११औं मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो।

त्यसपछि २६औं मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औं मिनेटमा दिलन लिम्बुले गोल गरे भने पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे। ५३औं मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटालाई ५-० को अग्रता दिलाए। तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो।

तर, त्यसपछि थप दुई गोल खाँदै एपिएफले फराकिलो हार बेहो¥यो। संकटाका लागि छैटौं गोल अरूण श्रेष्ठले ८१औं मिनेटमा गरे। कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यससँगै संकटाले जारी लिगमा छैटौं जित निकाल्यो।

आठौं खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अंकसहित पाँचौं स्थानमा छ। मच्छिन्द्रको जितमा राहुलकुमार योन्जनले दुई गोल तथा कबिर तामाङले एक गोल गरे।

खुमलटारले १५औं मिनेटमा एलिक श्रेष्ठको गोलबाट अग्रता लिए पनि जोगाउन सकेन र जारी लिगमा दशौं खेलमा सातौं हार बेहोर्‍यो। खुमलटार ९ अंकसहित आठौं स्थानमा छ। गत सिजन ‘ए’ डिभिजन लिग खेलेका १० क्लबले युथ लिग खेलिरहेका छन्। लिगमा मनाङ मस्र्याङ्दी र एनआरटी पुछारमा छन्।

प्रकाशित: २५ पुस २०८० ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App