१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित

काठमाडौं - आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन्। खेलमा नेपाल १ विकेटले विजयी भएको छ।
आयोजक नामिबियालाई १३८ रनमा रोक्न सन्दीपले महत्वपूर्ण चार विकेट लिएका थिए। उनले ४ विकेट झार्दा नामिबियाले ३४.२ ओभरमै सबै विकेट गुमाएको थियो। 

८.२ ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन फालेका थिए। १८ रन मात्रै खर्चिएका सन्दीप नेपाली टोलीमा सर्वाधिक विकेट टेकर बलर बने। बलिङमा उत्कृष्ट प्रदर्शनको मूल्यांकन गर्दै आयोजकले उनलाई म्यान अफ द म्याच घोषित गरेको हो।

यसअघि सन्दीपले नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै इण्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली डेयर डेभिल्सले प्रशंसा गरेको थियो। अफिसियल ट्वीटरमा सन्दीपको तस्वीर राख्दै दिल्लीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरेको छ।

सन्दिपलाई दिल्लीले ११औं सिजनको आइपीएलका लागि अक्सनमार्फत २० लाख भारुमा खरिद गरेको छ।

प्रकाशित: २५ माघ २०७४ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App