१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

किरण म्यान अफ दी म्याच

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ म्यान अफ दी म्याच भएको खेलमा उनको टोली मिनेर्भा पञ्जाबले इस्ट बंगालसँग २–२ को बराबरी नतिजा निकालेको छ। 

आई लिगअन्तर्गतको उक्त खेलमा बराबरीका बावजुद पञ्जाब अंकतालिकाको शीर्ष स्थानमा कायम छ । ११ खेलमा २६ अंक जोडेको टोली दोस्रो स्थानको नेरोकाभन्दा पाँच अंकले अघि छ । २० अंक जोडेको इस्ट बंगाल भने तेस्रो स्थानमा छ। 

बारासात रंगशालामा सम्पन्न खेलमा मिनेर्भाले पहिलो हाफमा २–० को अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा जितविमुख भयो । सुकदेव सिंहले २०औं मिनेटमा अग्रता दिलाएको टोलीका लागि चेन्चो ग्याल्तसेनले ३३औं मिनेमा अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा पुनरागमन जनाउने क्रममा इस्ट बंगालका लागि जोबी जस्टिनले ५९ तथा ब्रान्डन भान्लारेम्डिकाले ८९औं मिनेटमा गोल फर्काएका थिए। 
खेलमा एउटा पेनाल्टी जोगाएर टोलीको हार टारेका किरण म्यान अफ दी म्याच घोषित हुँदै नगद २५ हजार भारतीय रुपैयाँको हकदार बने।

 

प्रकाशित: १७ माघ २०७४ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App