१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रोहित पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं– युवा ब्याटस्म्यान रोहितकुमार पौडेलले यसै महिनाको अन्त्यमा नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि बिहीबार घोषित टोलीमा स्थान बनाउन सफल भएका छन् ।

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले बिहीबार १४ सदस्यीय टोली घोषणा गर्दा रोहितलाई पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल(उपकप्तान), शरद भेषावकर, शक्ती गौचन, वसन्त रेग्मी, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, करण केसी, सोमपाल कामी, अनिलकुमार शाह, सन्दीप लामिछाने र ललित भण्डारी छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा सुनिल धमला, ललितनारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेपछि नेपाल डिभिजन २ मा झरेको थियोे ।

नेपाली टोली विशेष तयारीका लागि शनिबार युएई जानेछ । जहाँ टोलीले तीन अभ्यास खेल खेल्ने छ । माघ २४ बाट हुने प्रतियोगिताका लागि नेपाली टोली युएईबाट माघ २१ गते नामिबिया लाग्नेछ ।
पारस खड्का (कप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, आरिफ शेख, रोहितकुमार पौडेल,   सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी ।
 

प्रकाशित: १२ माघ २०७४ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App