१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

म्यान्चेस्टर सिटीद्धारा १५ अंकको अग्रता कायम

इङ्ल्याण्ड– इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ। लिग अन्तर्गत मंगलबर राती सम्पन्न खेलमा सिटीले वाट्फोर्डलाई ३–१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको हो।

सिटीका लागी खेल सुरु भएको ३८ औं सेकेन्डमा रहिम स्ट्रर्लिङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।  त्यस्तै खेलको १३ औं मिनेटमा वाट्फोर्डका कावासेलीले आत्माघाती गोल गरेपछी सिटीले २–० ले अग्रता लिन सफल भएको थियो। सिटीका लागि थप १ गोल खेलको ६३ औं मिनेटमा सर्जियो अग्युइरोले गरेका थिए। 

पराजित टोली वाट्फोर्डका लागि खेलको ८२ औं मिनेटमा एन्ड्री ग्रेले १ गोल फर्काएका थिए । जितसँगै सिटीले २२ खेलबाट ६२ अंक जाोडेको छ । 
यता रातिनै सम्पन्न अर्को खेलमा टोटनह्याम हट्सपरले स्वान्सी सिटीलाई २–० ले पराजित गर्यो । टोटनह्यामका लागि फर्नान्डो लोरेन्ते र डेले अलीले १–१ गोल गरेका थिए । जितसँगै टोटनह्याम ४० अंकसहित लिगको ५ औं स्थानमा उक्लिएको छ । यसैगरी क्रिष्टल प्यालेसले साउथह्याम्पटन र वेष्ट ह्याम युनाईटेडले वेष्ट ब्रोममाथि  समान २–१ ले नै पराजित गरेका छन् ।  

प्रिमियर लिग फुटबलमा आज पनि एक खेल हुँदैछ । आज हुँने खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सी र आर्सनल आमने सामनने हुँनेछन । खेलमा चेल्सी विजयी भए पुनः लिगको दोस्रो स्थानमा आउनेछ भने आर्सल विजयी भए लिगको पाँचौ स्थानमा उक्लिेछ । 

 

 

प्रकाशित: १९ पुस २०७४ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App