४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :इंग्ल्याण्डले पाकिस्तानलाई ९३ रनले हरायो

भारतमा जारी आईसीसी विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको हो।

यस अघि इग्ल्याण्डले पहिला व्याटिङ गदै निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो।जितका लागि ३३८ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४३ दशमलब३ ओभरमा २ सय ४४ रनमा अलआउट भयो र खेल ९३ रनले हार्न पुग्यो।  

इंग्ल्याण्डका लागि बेन स्टोक्स सबै भन्दा वढि ८४ रन बनाए।जो रुटले ६० रन तथा जोनी बेयरस्टोले ५९ रन बनाए।त्यसैगरी डेविड मलानले ३१रन बनाए।ह्यारी ब्रुकले ३० रन तथा कप्तान जोस बटलरले २७ रन बनाए।

पाकिस्तानका हसिफ रउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले समान २ र इफ्तिकार अहमदले १ विकेट लिए।

पाकिस्तानको पालीमा आगा सलमानले ५१ रन तथा कप्तान बाबर आजमले ३८ रन बनाए।

मोहम्मद रिजवानले ३६ रन,साउद शकीलले २९ रन शाहिन शाह अफ्रिदी २५ रन तथा र हरिस रउफले ३५ रन बनाए।

इंग्ल्यान्डका लागि डेभिड विलीले ३ विकेट लिए ।गस एटकिन्सन, मोइन अली र आदिल रसिदले समान २ विकेट लिए।क्रिस वोक्सले १ विकेट लिए।

लिग चरणमा पाकिस्तानले ९ मध्ये ४ जितसहित पाँचौं स्थानमा आफ्नो यात्रा सकेको छ।इंग्ल्याण्ड ३ जितसहित सातौं स्थानमा रहयो।आयोजक भारत पहिलो , दक्षिण अफ्रिका दोस्रो ,अष्ट्रेलिया तेस्रो तथा न्युजिल्याण्ड चौथौ हुँदै सेमिफाइनलमा पुगेका छन।

लिग चरणको आज अन्तिम खेल आयोजक भारत र नेदरल्याड्सबिच नेपाली समय अनुसार दिउँसो २ १५ बजे देखि खेल हुँदैछ।नेदरल्याण्ड्स तालिकाको पुछारमा रहेको छ भने भारत अग्रस्थानमा छ। 

प्रकाशित: २६ कार्तिक २०८० ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App