१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सन्तोषको जित

राष्ट्रिय लनटेनिसकाे महिला सिंगल्समा इरा रावतविरूद्ध प्रतिस्पर्धा गर्दै भगवती विक । तस्बिर: नागरिक

काठमाडौं – एपिएफका सन्तोष खत्रीले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय लन टेनिसको राउन्ड रोबिन लिगमा विजयी  सुरुआत गरेका छन् ।  पुरुष सिंगल्समा खत्रीले पश्चिमाञ्चलका प्रदीप खड्कालाई ६–३, ६–३ ले पराजित गरेका छन्। 
त्यस्तै नेपाल प्रहरी क्लबका कमलबहादुर भण्डारीले प्रहरीकै दावा शेर्पालाई ६–२, ४–६, ६–०, पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले एपीएफका श्रीराम मगरलाई ६–०, ६–० तथा नेपाल आर्मीका संरक्षकभूषण वज्राचार्यले आर्मीकै प्रणव खनाललाई ७–५, ६–३ सेटमा पराजित गरे ।  महिला सिंगल्समा प्रहरीकी माहिका राणाले पश्चिमाञ्चलकी गंगा शर्मालाई ६–२, ६–३, प्रहरीकै मायांका राणाले एपिएफकी भगवती विकलाई ६–४, ६–२ तथा एपिएफकी एनी माथेमाले एपिएफकै विजिशा श्रेष्ठलाई ६–३, ६–१ ले हराए । आर्मीकी अभिलाषा विष्टले वाक ओभर पाइन् ।   राउन्ड रोविन लिगमा ८ पुरुष र ८ महिला गरी १६ खेलाडी सहभागी छन्।

राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय लनटेनिसको महिला सिंगल्समा इरा रावत विरुद्ध प्रतिस्पर्धा गर्दै भगवती विक । 

प्रकाशित: ३ मंसिर २०७४ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App