१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सेन्चुरी र आइसिएफसीको दोहोरो जित

 काठमाडौं– सेन्चुरी र आइसिएफसी फाइनान्सले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटको उद्घाटनका दिन दोहोरो जित हासिल गरेका छन् । 

समूह ‘सी’ मा रहेको आइसिएफसीले नेपाल टेलिकमलाई २३ रनले हरायो । अर्को खेलमा आइसिएफसीले आइएमई गु्रपलाई ६१ रनले पराजित गर्‍यो। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा ५ ओभरको खेलमा सुरुआतमा ब्याटिङ गरेको आइसिएफसीले १ विकेटको नोक्सानीमा ८१ रन बनाएको थियो । अविजित रहँदै आइसिएफसीका अरबिन्द रानाले ३४ रन र रिमेश रेग्मीले ३३ रन बनाए। 

जबाफमा नेपाल टेलिकमले २ विकेटको नोक्सानीमा ५९ रन मात्र बनाउन सक्यो । टेलिकमका हरिकृष्ण शर्माले २७ र प्रवीण नेपालीले २४ रन बनाए। 

अर्को खेलमा अरबिन्दले अविजित ३६ र रिमेशले ३१ रन बनाएपछि आइसिएफसीले विनाविकेटको नोक्सानीमा ८९ रन जोडेको थियो। 

जबाफमा आइएमईले ३ ओभरमा ४ विकेट गुमाउँदै २८ रन बनायो । आइसिएफसीका समीर पाण्डेले २ विकेट र रिमेशले १ विकेट लिए। 

मंगलबार प्रतियोगिताको प्रायोजक सेन्चुरी बैंकले अन्नपूर्ण मिडिया गु्रपलाई ६५ रनले पराजित ग¥यो । सुरुआतमा ब्याटिङ गरेको सेन्चुरीले विनाविकेटको नोक्सानीमा १ सय १० रन बनाएको थियो । सेन्चुरीका सुरज तिमिल्सनाले ३२ र दिवस डंगोलले ३१ रन बनाए । 
जबाफमा अन्नपूर्णले ५ ओभर पूरै खेलेर ३ विकेटको नोक्सानीमा ४५ रन जोड्यो । 
अन्नपूर्णका विवेक श्रेष्ठले १५ र दिवसले ज्ञवालीले ११ रन जोडे । सेन्चुरीका सुरजले २ र राजु श्रेष्ठले १ विकेट लिए । अर्को खेलमा सेन्चुरीले माछापुच्छ्रे बैंकलाई ५ विकेटले हराएको थियो। 

यसैगरी अन्य खेलमा सुनबी डिजाइनले जनता बैंकलाई ६ विकेटले पराजित गर्‍यो । 
कैलाश विकास बै‌कले कर्मचारी सञ्चय कोषलाई २ रनले हरायो । अन्य खेलमा नबिल बैंकले ओम डेभलपमेन्ट बैंकलाई ८० रनले पराजित गर्‍यो । 

प्रकाशित: २२ कार्तिक २०७४ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App