२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चेल्सी र आर्सनलबीच बराबरी

इङ्लिस प्रिमियरसिपअन्तर्गत अाइतबारकाे खेलमा चेल्सीका भिक्टर माेसेस (दायाँ) अार्सनलकाे रक्षापंक्ति ताेड्दै बल अगाडि बढाउने क्रममा । तस्बिर : एपी

चेल्सी– साबिक विजेता चेल्सीले आइतबार घरेलु मैदानमा आर्सनलसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ।

रक्षक डेभिड लुइसले रातो कार्डको सामना गरेपछि एन्टोनियो कोन्टेको चेल्सीले अन्तिम ३ तीन मिनेट दश खेलाडीमा खेलेको थियो । आर्सनलविरुद्धको पछिल्लो तीन खेलमा चेल्सीका खेलाडीले रातो कार्डको सामना गरेको यो तेस्रो पटक हो । गत वर्षको एफए कप फाइनलमा भिक्टर मोसेसले रातो कार्डको सामना गरेका थिए भने कम्युनिटी सिल्डमा पेड्रोले रातो कार्डको सामना गरेका थिए।

 बराबरीपछि चेल्सी ५ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा कायम छ। ४ खेलबाट १० अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । ५ खेलबाट १३ अंक जोडेको सिटी शीर्ष स्थानमा छ।

सर्जियो अग्विरोको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटी शनिबार वाट्फोर्डमाथि ६–० को सानदार जित  निकालेको छ। जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ। 

२७औं मिनेटमा सिटीलाई अग्रता दिएका अग्विरोले चार मिनेटपछि अग्रता दोब्बर पारे । अग्विरोकै पासमा गाब्रियल जेससले ३७औं मिनेटमा सिटीको अग्रता बढाएका थिए । ६३औं मिनेटमा निकोलास ओटामेन्डीले अर्को गोल थपे । ८१औं मिनेटमा अग्विरोले ह्याट्रिक पूरा गरे । अन्तिम मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमा छैटौं गोल गरे। 

पछिल्लो खेलमा सिटीसँग ५–० ले पराजित योर्गान क्लोपको लिभरपुलले घरेलु मैदानमा बनर्लीसँग १–१ को बराबरी  खेल्यो । २७औं मिनेटमा स्कोट अर्फिल्डले गरेको गोलबाट बर्नलीले अग्रता लिएको थियो । तर, भ्रमणकारी टोलीको अग्रता लामो समय टिकेन । तीन मिनेटपछि मोहम्मद सालाहले बराबरी गोल फर्काए।

बराबरीपछि ८ अंक जोडेको लिभरपुल आठौं स्थानमा छ । समान अंक जोडेको बनर्ली गोलअन्तरमा अघि रहँदै सातौं स्थानमा छ।

‘नतिजाबाट सन्तुष्ट नभए पनि टोलीको प्रदर्शनमा सन्तुष्ट छु,’ लिभरपुलका प्रशिक्षक क्लोपले थपे, ‘खेल पूर्ण नियन्त्रणमा राखे पनि पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं । यही हाम्रो गल्ती रह्यो।’

शनिबारै न्युकासलले स्टोक सिटीलाई २–१ ले हराउँदा लेस्टर सिट र हडर्सफिल्डले १–१ को बराबरी खेले । टोटनह्यामले स्वान्सी सिटीसँग गोलरहित बराबरी खेल्यो। 

रक्षक डेभिड लुइसले रातो कार्डको सामना गरेपछि एन्टोनियो कोन्टेको चेल्सीले अन्तिम ३ तीन मिनेट दश खेलाडीमा खेलेको थियो । आर्सनलविरुद्धको पछिल्लो तीन खेलमा चेल्सीका खेलाडीले रातो कार्डको सामना गरेको यो तेस्रो पटक हो।

प्रकाशित: २ आश्विन २०७४ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App